प्रदेश २ मा दैनिक ज्यालादारी गर्ने वा विपन्न वर्ग पहिचानका लागि प्रत्येक वडामा समिति

समाचार

4/1/2020

जनकपुरधाम, १९ चैत । प्रदेश २ मा दैनिक ज्यालादारी गर्ने, विपन्न परिवार वा व्यक्ति पहिचान गर्नका लागि प्रत्येक वडामा वडाअध्यक्षको संयोजकत्वमा समिति गठन हुन लागेको छ ।

किसान व्यक्ति वा परिवार पहिचान गर्न र समानुपातिक एवं समन्यायिक तवरले खाद्यान्न, राहत वा अनुदान गर्नका लागि प्रत्येक वडामा समिति गठन गरिने भएको छ ।

समितिको संयोजकमा सम्बन्धित वडाका अध्यक्ष र सदस्यहरुमा वडाभित्रका राष्ट्रियता मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिहरु, वडामा रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापक, नेपाली सेनाको प्रतिनिधि, नेपाल प्रहरीको प्रतिनिधि, सशस्त्र प्रहरी बलको प्रतिनिधि र सम्बन्धित वडा सचिव रहनेछन् ।

समितिले आफ्नो वडाभित्रका राहत उपलब्ध गराउनुपर्ने लक्षित समूहको पहिचान गर्नेछ । प्रदेश सरकारले स्थानीय तहका वडाहरुमा गठित समितिहरुमार्फत् लक्षित समूहलाई खाद्यान्न, राहत वा अनुदान उपलब्ध गराउनेछ ।

खाद्यान्न राहत वा अनुदान नगद वा वस्तुगत वा दुवै किसिमको हुन सक्ने जनाइएको छ । वडा कार्यालयले लक्षित समूह पहिचान समितिको रोहवरमा राहत÷अनुदान रकम वा सामग्री वितरण गर्नुपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ