सप्तरी, १४ माघ । कोरोनाविरुद्धको खोप नेपालभरि एकैसाथ शुरुवात भएको छ । यसै सिलसिलामा प्रदेश नं. २ भरि एकैसाथ शुरुवात भएको छ ।
मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले वीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालवाट, सामाजिक विकासमन्त्री नवलकिशोर साहले गजेन्द्रनारायण सिंह अस्पताल राजविराज र रुपनीको प्रहरी अस्पतालवाट र आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले प्रादेशिक अस्पताल जनकपुरवाट शुभारम्भ गरेको छ ।
राजविराज र रुपनीवाट शुभारम्भ गरेका सामाजिक विकास मन्त्री नवलकिशोर साहले यो खोप जिवनरक्षाको लागि भएकोले सबैले आफ्नो पालोअनुसार लगाउन आग्रह पनि गरेका छन् ।
गजेन्द्रनारायण सिंह अस्पतालमा पहिलो खोप स्टाफ नर्स सुनिता यादवबाट प्रारम्भ भएको छ ।
तपाईको प्रतिक्रिया