जनकपुरधाम, २९ कार्तिक । प्रदेश २ सरकारले प्रदेशभरि ‘प्रदेश परिवहन’ बस सञ्चालन गर्न लागेको छ । वीरगन्ज र राजविराजलाई अस्थायी राजधानी जनकपुरसँग जोड्न प्रदेश सरकारले सरकारी बस सञ्चालन गर्ने भएको छ ।
जनकपुरधामबाट पूर्वी शहर राजविराज र पश्चिमी शहर वीरगन्जमा बस सञ्चालन गर्न लागिएको प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले ५ वटा बस खरिद गरिसकेको छ । उनका अनुसार बस सञ्चालनसम्बनधी कार्यविधी तयार भइसकेको छ । चाँडै बस सेवा सुरु हुनेछ ।
कार्यविधीमा सर्वसाधारणसँग लिइने भाडा दर, चालकसहितका कर्मचारी नियुक्त गर्ने प्रकृया, बस संचालन हुने ठाउँ र कुदने समय पनि निर्धारण गरिएको छ । सरकारी बसको भाडा सार्वजनिक यातायातभन्दा कम हुने जनाइएको छ ।
तपाईको प्रतिक्रिया