जनकपुरधाम, १४ असार । प्रदेश २ मा प्रदेश सञ्चार विधेयक सर्वसम्मतले पारित भएको छ । झण्डै दुई वर्ष पहिले प्रस्तुत भएको विधेयक प्रदेशसभाबाट शनिबार पारित भएको हो ।
प्रदेश सरकारले सदनमा प्रस्तुत गरेको सञ्चार विधेयकमाथि संचारकर्मीहरुले विरोध जनाएपछि केही दफामा संशोधन गर्दै संचार विधेयकलाई पारित गरिएको हो ।
प्रदेश सरकारले शुरुमा ल्याएको विधेयकमा गलत सूचना प्रवाह गर्ने संचारमाध्यम तथा संचारकर्मीलाई ५० लाखदेखि १ करोडसम्म जरिवाना गर्ने प्रावधान समेटिएको थियो ।
उक्त व्यवस्थाको चौतर्फी आलोचना भएपछि केही धारामा संशोधन तथा केही धाराहरु नै हटाइएको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।
विधेयकबाट ५० लाखदेखि एक करोडसम्म जरिवानाको व्यवस्थालाई हटाएर १० देखि २० हजारसम्म जरिवाना कायम गरिएको छ ।
तपाईको प्रतिक्रिया