प्रदेश २ मा बजेट अधिवेशन जेठ २४ गते आह्वान

समाचार

6/1/2021

जनकपुरधाम, १८ जेठ । प्रदेश २ सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउन बजेट अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ ।

मन्त्रिपरिषदको बैठकले चालु अधिवेशन अन्त्य गर्दै जेठ २४ गते बजेट अधिवेशन आह्वानका लागि सिफारिस गरेको हो ।

बजेट अधिवेशन आह्वान गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए ।

प्रदेश प्रमुखले बजेट अधिवेशनका लागि सिफारिस गरेपछि प्रदेशसभामार्फत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिने छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ