प्रदेश २ मा बाल हेल्पलाइन सञ्चालन

समाचार

4/1/2021

जनकपुरधाम, १९ चैत । प्रदेश २ मा बाल हेल्पलाइन सञ्चालनमा आएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले जनकपुरधाम उपमहानगरपालिका मुजेलियास्थित कार्यालयको उद्घाटन गरी सञ्चालनमा ल्याएको हो ।

नेपाल सरकार र आसमान नेपालको संयुक्त सहकार्यमा कार्यालय सञ्चालनमा आएको छ । कार्यालय सञ्चालनमा आएसँगै बालबालिकालाई जोखिम कम हुने आकलन गरिएको छ ।

कार्यालयले बालबालिकाको मौलिक अधिकारको लागि काम गर्ने कार्यालयकी संरक्षण अधिकृत किरण यादवले जानकारी दिइन् ।

यसयघि प्रदेश २ मा बालहेल्प लाईन नहुँदा विपदमा परेको बालकालिकालाई उद्धार गर्नसमेत कठिनाई भइरहेको थियो ।

अधिकृत यादवका अनुसार सिमासंग जोडिएको यस प्रदेशमा बालबालिका जोखिममा पर्ने गरेको भन्दै कार्यालयले त्यसता बालबालिकालाई तत्काल अवास गृहमा राखेर परिवारलाई जिम्मा लगाउने छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ