जनकपुरधाम, २ साउन । प्रदेश नं. २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले प्रदेश सरकारको नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।
मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले शनिबार नियुक्त गरेको आन्तरिक मामिला तथा संचारमन्त्री भरत प्रसाद साह र राज्यमन्त्री रुबी कर्णलाई प्रदेश प्रमुख अहिराजले मधेश भवनमा आयोजित शपथ ग्रहण समारोहमा शपथ ग्रहण गराएका हुन् ।
जनता समाजवादी पार्टीको नेतृत्वमा रहेको प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन जसपाबाट मन्त्री रहेका ज्ञानेन्द्र कुमार यादव र राज्यमन्त्री सरोज कुमार कुशवाहाले शुक्रबार मात्रै राजीनामा गरेका थिए ।
शपथ ग्रहण समारोहमा सभामुख सरोज कुमार यादव, प्रदेश सरकारका मन्त्रीहरु, उच्च अदालत जनकपुरका मुख्य न्यायाधिश, प्रमुख सचिव लगायत प्रदेश सरकारका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया