प्रदेश २ मा मन्त्रीस्तरीय विपद अनुगमन व्यवस्थापन समिति गठन

समाचार

7/14/2020

जनकपुरधाम, ३० असार । प्रदेशमा बाढी पहिरोबाट भएका क्षतिको अगुमन गर्दै पीडितलाई राहत लगायतको व्यवस्थापनको लागि प्रदेश सरकारले मन्त्रीस्तरीय विपद अनुगमन व्यवस्थापन समिति गठन गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबार सम्पन्न बैठकले भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलको संयोजकत्वमा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव र उद्योग वन पर्यटन तथा संस्कृतिमन्त्री राम नरेश राय सदस्य रहने गरि तीन सदस्यीय समिति गठन गरेको छ ।

उक्त समितिलाई हालै प्रदेशको आठ वटै जिल्लमा आएको बाढीबाट भएको क्षतिहरुको स्थलगत निरीक्षण अनुगमन गरि पीडितलाई उपलब्ध गराउनु पर्ने राहत तथा अन्य मर्मत सम्भार जस्ता कार्यहरुको सिफारिस प्रदेश सरकारलाई गर्ने जिम्मेवारी दिइएको छ ।
समितिले गरेको सिफारिसको आधारमा प्रदेश सरकारले पीडित परिवारहरुलाई राहत उपलब्ध गराउने छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ