वीरगन्ज, २० भाद्र । नेपाल–भारत सीमामा हुने अवैध गतिविधि नियन्त्रणका लागि सशस्त्र प्रहरीले प्रदेश २ मा थप ७३ वटा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गर्ने भएको छ ।
सशस्त्र प्रहरी बल प्रदेश २ का प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) कृष्णभक्त ब्रम्हचार्यले प्रमुख नाका वीरगन्जको इनार्वमा स्थापना भएको बीओपीको उद्घाटन गरे ।
उनका अनुसार पहिलो चरणमा १२ वटा, दोस्रोमा २४ र तेस्रो चरणमा ३७ वटा बीओपी स्थापना गरिने छ । प्रदेश २ मा हालसम्म ५० वटा बिओपी रहेका छन् ।
डिआइजी ब्रम्हचार्यका अनुसार सीमामा हुने तस्करी, लागू औषध कारोबार, हातहतियार ओसारपसार र अन्तरदेशीय अपराध नियन्त्रणका लागि थप बीओपी स्थापना गर्न लागिएको हो ।
तपाईको प्रतिक्रिया