प्रदेश २ लाई तत्काल सहयोग गर्न केन्द्र सरकारसँग नेता यादवको मांग

समाचार

3/29/2020

जनकपुरधाम, १६ चैत । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसका उच्च जोखिममा रहेका प्रदेश २ लाई चेकजाँच उपचार सहितका आवश्यक सामाग्री उपलब्ध गराउन संघीय सरकारसँग समाजवादी पार्टीका नेता शेषनारायण यादवले आग्रह गरेको छ ।

नेता यादवले प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश २ अत्यधिक वैदेशिक रोजगारमा रहेका व्यक्ति र खुल्ला सिमानाका रहेको क्षेत्र रहेको कोरोना भाइरसका उच्च जोखिममा रहेको छ । प्रदेशमा शंकास्पद बिरामी भेटने क्रम बढदै गएको अवस्थामा पिपिई, पिसीआर, किट, मास्क लगायतका अन्य उपचार सामाग्रीको आभाव रहेको छ ।

उच्च जोखिममा रहेका यस प्रदेशलाई सम्भावित दुर्घटनाबाट जोगाउन आवश्यक संख्यामा उपचार सामाग्री यथासम्भव उपलब्ध गराउन उनले मांग गरेका छन ।

उनले प्रदेश सरकारले आफ्नो तर्फबाट हुन सक्ने तयारीमा जुटेपनि आवश्यक सामाग्री उपलब्ध नभइरहेकोले केन्द्रिय सहयोग तत्काल उपचार सामाग्री सहितका अन्य सहयोग गर्नुपर्ने विज्ञप्तिमा भनेको छ ।

साथै उनले विश्व स्वास्थ्य संगठनले नेपाललाई अति संवेदशनशील तथा उच्च जोखिमको सूचीमा राखेको छ ।

नेपालभित्र खुल्ला सीमानाका र अत्यधिक वैदेशिक रोजगार व्यक्तिको क्षेत्र रहेको प्रदेश २ अन्य प्रदेशको तुलनामा उच्च जोखिममा रहेको दाबी गरेका छन ।

समाजवादी पार्टीको मधेश प्रदेशका सचिव समेत रहिसकेका नेता यादवले कोरोना भाइरसको चेनलाई तोड्न नेपाल सरकारले जारी गरेको लकडाउनलाई सफल पार्न सबैलाई घरमै बस्ने र अत्यावश्यक काम बाहेक बाहिर न निस्किने आग्रह पनि गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ