जनकपुरधाम, १५ चैत । कोरोना रोकथामका लागि प्रदेश २ सरकारले जिल्लालाई दिएको रकमबाट उपकरण खरिद गरिने भएको छ ।
प्रदेश सरकारले प्रदेशका ८ जिल्लाको विपद व्यवस्थापन समितिलाई दिएको ५० लाख रुपैयाँबाट दुई जिल्लाले उपकरण खरिदका लागि सम्झौता गरिसकेको छ ।
प्रमुख जिल्ला अधिकारीहरुका अनुसार स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई), तापक्रम नाप्ने थर्मल गन, मास्क, सेनिटाइजर, पञ्जासहितका सामग्री खरीद गरिनेछ । केहीले भने प्रचार–प्रसारमा समेत रकम खर्च गर्ने जनाएका छन् ।
सप्तरी, महोत्तरी र सर्लाहीले उपकरण खरिदका लागि काठमाडौंको एक सप्लायर्सलाई अर्डर दिइसकेका छन् । ती सप्लायर्सले चीनबाट सामग्री मगाएर उपलब्ध गराउने बताएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए ।
प्रदेश सरकारले दिएको ५० लाखबाट स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई), तापक्रम नाप्ने थर्मल गन, मास्क, सेनिटाइजरसहितका सामानको अर्डर गरिसकिएका उनको भनाइ छ ।
यस्तै, नेपाली सेना, नेपाल तथा सशस्त्र प्रहरीलाई डेढ लाखका दरले नगदै खर्च गर्न दिइएको छ । त्यस्तै राष्ट्रिय अनुसन्धान कार्यालयलाई पनि ५० हजार रुपैयाँ दिइएको छ ।
तपाईको प्रतिक्रिया