प्रदेश २ सरकारबाट पूर्वराजपाका जितेन्द्र सोनलसहित चार जना बर्खास्त

समाचार

6/6/2021

जनकपुरधाम, २३ जेठ । प्रदेश नं. २ को सरकारले पूर्वराजपाबाट भौतिक पूर्वाधार विकासमन्त्रीसहित चार जनालाई बर्खास्त गरेको छ ।

प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले पूर्वराजपाबाट मन्त्री भएका सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा.डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई सरकारबाट बर्खास्त गरेका छन् ।

केन्द्रीय सरकारमा पूर्वराजपा पक्ष सरकारमा सहभागी भए लगत्तै उपेन्द्र यादव पक्ष एक्सनमा उत्रेको छ ।

उपेन्द्र यादवले कांग्रेस र माओवादी केन्द्रसँग मिलेर प्रदेश २ मा सरकार निर्माण गर्नेतर्फ लागेका छन् । आजै मात्र जसपाको प्रदेश २ संसदीय दलको नेतामा मुख्यमन्त्री राउतलाई नै चयन गरिएको थियो ।

प्रदेश २ मा जसपा (समाजवादी ३० र राजपा २५), कांग्रेस १९ र माओवादी केन्द्रका ८ जना सांसद रहेका छन् । अहिले प्रदेश २ मा सरकार निर्माणका लागि ५३ सांसदको आवश्यकता रहेको छ ।

मुख्यमन्त्री राउतले मन्त्रीहरुलाई पदमुक्त गरिएको बारे प्रदेश प्रमुख डा. राजेश अहिराजलाई जानकारी गराएपछि प्रदेश प्रमुखको कार्यालयले मौजुदा मन्त्रिपरिषदको सूचि समेत प्रकाशित गरेको छ ।
 
No photo description available.
 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ