प्रदेश २ सरकारले अक्सिजन ग्यासको अभाव हुन नदिने

समाचार

5/19/2021

जनकपुरधाम, ५ जेठ । प्रदेश २ सरकारले कोरोना संक्रमितहरूको उपचारमा अक्सिजन ग्यासको अभाव हुन नदिन समिति गठन गरेको छ । अक्सिजन ग्यासको अभाव हुन नदिन आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा अक्सिजन ग्यास अनुगमन व्यवस्थापन समिति गठन गरेको हो ।

प्रादेशिक कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले पछिल्लो समयमा प्रदेश भित्र रहेका अक्सिजन प्लान्टहरूबाट बाहिर ग्यास पठाएको हुँदा प्रदेशमा अक्सिजन ग्यासको अभाव देखिएकोले उक्त समस्या समाधान गर्न मन्त्री यादवको अध्यक्षतामा सुरक्षा निकायका प्रमुखहरू रहने गरी समिति गठन गर्ने निर्णय गरेको प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए ।

उक्त समितिले प्रदेश भित्रका अक्सिजन उद्योगहरू बाट दैनिक उत्पादन हुने सङ्ख्या र वितरण प्रणालीको अनुगमन गर्ने मन्त्री साहले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ