प्रदेश २ सरकारले प्रदेश प्रहरीको भर्ना गर्ने

समाचार

10/28/2020

जनकपुधाम, १२ कार्तिक । प्रदेश लोकसेवा आयोगलाई प्रदेश २ को मन्त्रिपरिषदले सैद्धान्तिक सहमति दिएपछि प्रदेश प्रहरी भर्ना प्रक्रिया सुरु भएको छ ।

प्रदेश २ को मन्त्रिपरिषदबाट तत्काल एक हजारसम्म प्रहरी भर्ना गर्ने सैद्धान्तिक सहमति भएको प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए । मन्त्री यादवले भने, ‘चाडपर्व सकिएलगत्तै प्रहरी भर्नासम्बन्धी विज्ञापन सार्वजनिक हुन्छ ।’

प्रदेशभरमा नौ हजार ६ सय ५८ जनाको दरबन्दी रहेकोमा अहिले सात हजार तीन सय ३५ मात्रै कार्यरत रहेको मन्त्री यादवले बताए । रिक्त रहेको दरबन्दीमध्ये तत्काल पहिलो चरणमा बढीमा एक हजारसम्मलाई भर्ना लिन सक्ने मन्त्री यादवले बताए ।

प्रदेश प्रहरी ऐनमा प्रहरी जवानदेखि प्रहरी निरीक्षकसम्म भर्ना लिन सक्ने उल्लेख छ । तर, प्रहरी भर्नाको मापदण्ड संघीय प्रहरी कै ऐनअनुसार हुने भनिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ