प्रदेश ५ को नाम लुम्बिनी र राजधानी देउखुरी

समाचार

10/2/2020

बुटवल, १६ असोज । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्र र नाम लुम्बिनी राख्न प्रदेश सभामा प्रस्ताव पेश गरेको छ ।

प्रदेश सभाको शुक्रबारको बैठकमा प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले यस्तो प्रस्ताव पेश गरेका हुन् । उनले प्रदेश सभामा पेश गरेको प्रस्तावमाथि असोज १९ गतेदेखि छलफल शुरु हुने सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिए ।

प्रदेश ५ को स्थायी राजधानीबारे लामो समयदेखि बहस र छलफल हुँदै आएपनि सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मौखिक सहमति जनाएपछि प्रदेश सरकारले सभामा प्रस्ताव पेश गरेको हो ।

सरकारले पेश गरेको प्रस्तावमाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने असहमति जनाएको छ । कांग्रेस सांसद फखरुद्धिन खानले सरकारले छलफल र सहमति बिना नै प्रस्ताव ल्याएको भन्दै आपत्ति जनाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ