बुटवल, २० असोज । प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्तावमा जनता समाजवादी पार्टी (जसपा)का दुई सांसदहरुले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
जसपाकी पुरमति ढेगा र सहसराम यादवले संशोधन प्रस्ताव दर्ता गराएका हुन् । यस्तै नेपाली कांग्रेसका रमा अर्याल र पुष्पा थरुनीले पनि छुट्टै संशोधन प्रस्ताव दर्ता गराएका हुन ।
जसपाका पुरमति ढेगा र सहसराम यादवले प्रदेशको नाम थरुहट अगध मगरात राख्न प्रस्ताव गरेका छन् ।
कांग्रेसका रमा अर्याल र पुष्पा थरुनीले पूर्वमा नवलपरासीको बर्दघाट नगरपालिका, पश्चिममा कपिलबस्तुको शिवराज नगरपालिका, उत्तरमा पाल्पाको तिनाउँ गाउँपालिका र दक्षिणमा रुपन्देहीको शिद्धार्थ नगरपालिका चार किल्ला हुने गरी स्थायी मुकाम बनाउनु पर्ने संशोधन प्रस्तावमा उल्लेख गरेका छन् ।
हाल दाङको राप्ती र गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकाले ओटगेको राप्ती नदी किनारको मैदान भागलाई स्थायी राजधानी बनाउनुपर्ने प्रस्ताव प्रदेशसभामा पेश भएको छ ।
तपाईको प्रतिक्रिया