काठमाडौं, १९ असोज । प्रदेश नं. ५ को राजधानी विवादमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले तोडफोड गरेका छन् ।
प्रदेश ५ सरकारले राजधानी टुंगो लगाउने कार्यसूचिअनुसार बैठक सुरु हुँदा प्रदेशसभामा कांग्रेसका सांसदको विरोध गरेका थिए ।
विरोधका बीच बैठक चलाएको भन्दै कांग्रेस सांसदले प्रदेशसभाभित्र टेबुल र कुर्ची तोडफोड गरेका छन् । सोमबार प्रदेशसभा बैठकमा नाम र राजधानी टुंगो लगाउने कार्यसूची थियो ।
कांग्रेसको अवरोधका कारण प्रदेश ५ को प्रदेशसभा बैठक स्थगित् भएको हो । सभामुख पूर्ण घर्तीमगरले मंगलबार दिउँसो १२ बजे बस्ने गरी बैठक स्थगित गरेका छन् ।
प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङ राप्ती उपत्यका तोक्ने प्रस्ताव छलफलका लागि पेश भएको थियो ।
तपाईको प्रतिक्रिया