प्रदेश ५ को लुम्बिनी नामारकण महेन्द्रकालीन भयो : मगरात संयुक्त संघर्ष समिति

समाचार

10/12/2020

रुपन्देही, २६ असोज । प्रदेश ५ को लुम्बिनी नामाकरण महेन्द्रकालीन भएको आरोप मगर समुदायको छाता संस्था नेपाल मगर संघ र जनता समाजवादी पार्टी निकटको मगरात संयुक्त संघर्ष समितिले लगाएको छ ।

नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिले संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेश ५ लाई लुम्बिनी प्रदेश नामकरण गरेकोप्रति खेद प्रकट गरेका छन् ।

नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिले जारी गरेको विज्ञप्तिमा प्रदेशको नाम लुम्बिनी राखिनु मगरातबासी जनताको चाहना विपरीत, नेपालको संविधान र संघीयताको मर्म विपरीत कार्य भएको उल्लेख भन्दै मगरात–लुम्बिनी नामाकरण गर्न कागरेका छन् ।

कुनै धार्मिक पहिचानका आधारमा मात्र सीमित भएर ‘लुम्बिनी’ नामाकरण गरिएको भन्दै उनीहरुले ऐतिहासिक मानव पहिचान र सभ्यताको आधारमा ‘मगरात–लुम्बिनी’ नामाकरण गर्न माग गरेका छन् ।

प्रदेश नं. ४, ५ र ६ को ऐतिहासिक मगरात भूगोललाई समेट्ने गरी एकीकृत मगरात स्वायत्त प्रदेश निर्माणका लागि सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत विज्ञप्तिमार्फत् दिइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ