प्रधानमन्त्रीको भनाइले दुई देशकोे सम्बन्ध बिगार्यो : कोइराला

समाचार

7/14/2020

काठमाडौं, ३० असार । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले श्रीरामको जन्मस्थान अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिले नेपाल र भारतबीचको कुटनीतिक सम्बन्ध खलबल्याउन सक्ने बताएका छन् ।

ओलीले भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका थिए ।

‘प्रधानमन्त्रीले अयोध्याको बारेमा अप्रमाणित, विवादास्पद र गैरजिम्मेवार अभिव्यक्ति दिएर दुई देशको कुटनीति खल्बल्याउने मात्रै नभई नेपाली र भारतीय जनताबीचको आपसी धार्मिक र सांस्कृतिक सम्बन्ध बिगार्ने काम गरेका छन्’ कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन् ।

धर्म र आस्थालाई राजनीति तथा कुटनीतिको हतियार बनाएर सत्ताको मलजल गर्नु सह्य नहुने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ