प्रधानमन्त्रीको विश्वासको मत अस्वीकृत

समाचार

5/10/2021

काठमाडौं, २७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मत संघीय संसदमा अस्वीकृत भएको छ ।

प्रधानमन्त्रीको विशवासको मतको पक्षमा जम्मा ९३ मत मात्र प्राप्त भएको हो ।

संसदमा उपस्थित २३२ सांसदमध्ये विश्वासको मतको पक्षमा ९३ जनाले हस्ताक्षर गरेका हुन् भने विपक्षमा १२४ जना सांसदले हस्ताक्षर गरेका छन् ।

यसैगरी, उपस्थितमध्ये विश्वासको पक्ष वा विपक्षमा भाग नलिने १५ जना सांसद रहेका छन् ।

प्रतिनिधिसभाको अर्को बैठक बैशाख ३० गते अर्थात् बिहीबार बस्ने गरी स्थगित भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ