काठमाडौं, २ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले शपथग्रहण गर्ने क्रममा राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पु¥याएको भन्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पुनः शपथग्रहण गराउन माग गरेको छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीलाई पुनः शपथग्रहण गराउन माग गरेका हुन् । प्रधानमन्त्री पदको शपथग्रहण गर्ने क्रममा प्रधानमन्त्री ओलीले ’त्यो पर्दैन’ भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भनेको शब्द दोहो¥याउन अस्वीकार गरेका थिए ।
‘२०७८ वैशाख ३१ गते सम्माननीय प्रधानमन्त्रीको सपथग्रहणमा सम्माननीय राष्ट्रपतिद्वारा वाचन भएको सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दछु भन्ने वाक्यांशमा प्रतिज्ञा गर्दछु नभनी सत्यनिष्ठापूर्वक ’त्यो पर्दैन’ भनेर ग्रहण गरेकाले यसले देशको राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुगेको हुँदा उक्त शपथग्रहण बदर गरी पुनः शपथग्रहण गर्न गराउन हाम्रो पार्टी माग गर्दछ’, विज्ञप्तीमा भनिएको छ ।
जसपा अध्यक्ष यादवले सरकारले गर्ने राजनीतिक नियुक्तिमा संविधानमा व्यवस्था गरिएको समानुपातिक, समावेशी सिद्धान्त अपनाउन पनि माग गरेका छन् ।
यसअघि पनि राजदूत नियुक्त गर्दा संविधानमा व्यवस्था गरिएको समानुपातिक र समावेशी अवधारणा उल्लंघन गरिएको भन्दै विज्ञप्तिमा लेखिएको छ, ’यस्ता राजनीतिक नियुक्तिहरूमा वर्तमान सरकारले मधेसी, आदिवासी जनजाति, महिला, दलित, थारु लगायतका समुदायहरूको संविधानको व्यवस्था विपरित न्यून प्रतिनिधित्व गराई उपेक्षा र विभेद गरेको छ । अतः राज्यका सबै अंग, तह र निकायमा समानुपातिक समावेशी मान्यता तथा त्यस सम्बन्धी मापदण्डका आधारमा नियुक्ति गर्न हाम्रो पार्टी माग गर्दछ ।’
कोरोना संक्रमण बढिरहेकोतर्फ ध्यान दिन पनि सरकारलाई जसपाले ध्यानाकर्षण गराएको छ । सरकारले स्वास्थ्य सामग्रीको आपतकालीन व्यवस्थान गर्न नसकेको भन्दै त्यसतर्फ ध्यान दिन माग गरेको छ । कोरोना संक्रमितका लागि अस्पतालमा बेड, अक्सिजन, आईसीयू, भेन्टिलेटर र औषधकिो समेत अभावले जनता अकाल मृत्युवरण भइरहेको भन्दै जसपाले माग गरेको छ, ’स्वास्थ्यकर्मी, डाक्टर अर्थात आवश्यक जनशक्ति बेड, अक्सिजन, आईसीयू, भेन्टिलेटर र औषधीको यथाशीघ्र व्यवस्था गर्नु पर्दछ ।’
तपाईको प्रतिक्रिया