प्रधानमन्त्री ओलीको एपेन्डिक्सको शल्यक्रिया सफल

समाचार

11/26/2019

काठमाडौं, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिस भएपछि एपेन्डिक्सको अपरेसन गरिएको छ ।

प्रधामनन्त्री ओली आज बिहान महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्स्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सुखद् समाचार भन्दै उनको अपरेसनको जानकारी ट्विटरमा सेयर गरेका छन् ।

यसअघि ओलीलाई बिहान सीसीयूमा भर्ना गरिएको थियो । पेट दुखेपछि उनलाई अस्पताल लगिएको थियो ।

उपचारमा प्रा.डा. अरुण सायमी, प्रा.डा. रमेशसिंह भण्डारी, डा. दिव्या सिंहलगायत संलग्न थिए ।

एपेन्डिसाइटिस भएमा जतिसक्दो चाँडो शल्यक्रिया गर्नुपर्ने हुन्छ । यसअघि प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या आएपछि डायलासिस गरिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ