प्रधानमन्त्री ओलीको दम्भ अहिले धरहराको भन्दामाथि भ¥याङ उक्लेर चढेको छ : नेपाल

समाचार

4/23/2021

जनकपुरधाम, १० बैशाख । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भ धरहराभन्दा माथि रहेको टिप्पणी गरेका छन् । केपी ओलीले हिजो आफूलाई धरहरा देखाएर आफ्नो दम्भ प्रस्तुत गरेको नेता नेपालले टिप्पणी गरे ।

शुक्रबार जनकपुरधामस्थित एमालेको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मलेनमा नेता नेपालले प्रधानमन्त्री ओलीको दम्भ अहिले धरहराको भन्दामाथि भ¥याङ उक्लेर चढेको बताए ।

उनले भने, ‘हिजो उहाँले धरहरा भन्दै मलाई आफ्नो दम्भ देखाउनुभयो ।’ नेता नेपालले ओलीको दम्भको कुनै अर्थ नरहेको बताए ।

‘हामी आन्दोलन छोड्दैनौँ, पार्टी छोड्दैनौँ, संघीयता त्याग्दैनौँ, संविधानको मर्म र भावअनुसार अगाडि बढ्छौँ । कुनै व्यक्तिको मुख हेरेर होइन जनताको मुख हेरेर आन्दोलनमा लागेका छौँ’, नेपालले भने ।

केपी ओलीको विचार गलत रहेको भन्दै उनले पार्टीको नाम र चुनाव चिन्ह मुख्य विषय नरहेको समेत बताए । ‘केपी ओलीको विचार गलत छ, त्यसैले यहाँ नाम र चिन्ह के हो त्यो मुख्य कुरा होइन, विचार मुख्य कुरा हो’, उनले अगाडि भने, ‘विचारले नै सहि बाटो देखाउँछ । हामी सही विचारको पक्षमा उभिएका छौँ ।’

केपी ओलीसँगको भेटलाई नेता नेपालले बालुवा पेलेर तेल ननिस्कने अर्थ लगाए । उनले भने, ‘अस्ति म होटेलमा गएको थिएँ, कुराकानी पनि भयो । मलाई केही आशा जागेको थियो, तर हिजो बुधबारको बैठकमा उहाँले झनै दम्भ देखाउनुभयो ।’

उनले भने, ‘मैले भनेको थिएँ अब जेठ २ मा फर्काैँ कमरेड, पार्टी एकताबद्ध मिलेर बनाउँ, क–कसलाई थप्नुपर्छ छलफल गरौँ । तर उहाँले होइन जुन निर्णय भइसकेको छ त्यसैलाई मान्नु पर्ने अडान लिनु भयो र उल्टै भन्नु भयो तपाईँ किन आउनु भएन?’

उनले बुधबारको बैठकमा ओलीले आफू विरुद्धको ६ महिनाको कारवाही सम्बन्धमा विचार गर्न सकिने भनेको भन्दै भने, ‘तपाईँले मलाई पार्टीबाट निकाल्ने? यो माधव नेपालले आन्दोलन र संगठन दुईटै सञ्चालन गर्दै आएको छ कसैले निकालेमा निस्कनेवाला छैन ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ