प्रधानमन्त्री ओलीको समर्थनमा काठमाडौं धोती जुलुस

समाचार

1/9/2021

काठमाडौं, २५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा युवा संघ नेपालले काठमाडौंमा धोती जुलुस प्रदर्शन गरेको छ ।

शनिबार निकालिएको धोती जुलुस बानेश्वरदेखि कमलादीसम्म पैदल तथा मोटरसाइकल ¥याली निकालिएको थियो ।

सो धोती जुलुसको नेतृत्वको युवा नेता संजीव कुमार सुरज झाले गरेका थिए भने महेश बस्नेत लगायतका नेता कार्यकर्ताहरुको समेत सहभागिता थियो ।

‘धोती, कुर्ता, गम्छा मधेशीके शान बा, केपी ओली हमनी सबके जान बा’ लेखिएको ब्यानर सहभागीहरुले बोकेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ