काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका छन् ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद विघटनको सिफारिस गर्ने प्रस्ताव गरेको हो ।
नेकपाको विवाद उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले यस्तो कदम चालेका हुन् । यसअघि शनिबार पार्टीभित्र विवाद कायमै रहेका बेला ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका थिए ।
राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री ओलीले संसद विघटन गरी मध्यावधि निर्वाचनमा जानेबारे छलफल गरेको स्रोतले बताएको छ ।
यता, प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएपछि संसद्को विशेष अधिवेशन माग गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेकपा सांसदहरु निवेदन दर्ता नगरी फिर्ता भएका थिए ।
तपाईको प्रतिक्रिया