प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

समाचार

5/3/2021

काठमाडौं, २० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्ने भएका छन् । दिउँसो साढे ३ बजे कोभिड–१९ महामारी र समसामयिक विषयमा सम्बोधन गर्न ।

पछिल्ला केही दिनयता नेपालमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा बढेको छ र स्वास्थ्य मन्त्रालयले संक्रमितको उपचारका लागि अस्पतालमा बेड उपलब्ध गराउन नसक्ने भनिसकेको छ ।

कोरोना महामारी नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ । त्यस्तै सत्ता स्वार्थले महामारी नियन्त्रणको विषय ओझेलमा परेको टिप्पणीहरु पनि भएका छन् ।

प्रधानमन्त्रीले विश्वासको मत लिन आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको विशेष अधिवेशन आह्वान गरेकी छन् ।

यसै सन्दर्भमा प्रधानमन्त्रीले समसामयिक राजनीति र कोभिड–१९ का विषयमा सम्बोधन गर्न लागेका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ