काठमाडौं, १९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन् । उनले आफूले संसद्मा विश्वासको मत लिने जानकारी मन्त्रिपरिषद्लाई गराएका हुन् ।
आइतबार साँझको मन्त्रिपरिषद् बैठकमा उनले यस्तो जानकारी गराएका छन् । मन्त्रिपरिषद्लाई जानकारी गराएपछि उनी राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न गएको एक मन्त्रीले बताए ।
सरकारले वैशाख २७ गते संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ र प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएका छन् ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने जानकारी दिएका हुन् ।
एक मन्त्रीका अनुसार वैशाख २७ गते संसद अधिवेशन बोलाउन आह्वन गर्ने र विश्वासको मत लिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ ।
प्रधानमन्त्रीले आफूमाथि संसदको विश्वास छ वा छैन भन्ने यकीन गर्न जुनसुकै बेला विश्वासको मत लिन सक्छन् ।
तपाईको प्रतिक्रिया