जनकपुरधाम, १३ चैत । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुको माग सम्बोधन गर्नेमा विश्वस्त रहेको बताएका छन् ।
प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले शुक्रबार जनकपुरमा आयोजना गरेको होली मिलन समारोह कार्यक्रममा मधेशको मुद्दामा प्रधानमन्त्री ओलीसँग सकारात्मक कुरा भएको बताएका छन् ।
अध्यक्ष ठाकुरले कतिपय मुद्दाहरु जिल्ला अदालत, कतिपय उच्च र कतिपय सर्वोच्चमा रहेकाले यस विषयमा महान्यायाधिवक्ताको कार्यालयसँग राय मागिएको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले आफूहरुको मागलाई गम्भीरतापूर्वक लिएर केही कार्यहरु अगाडि समेत बढाइसकेको ठाकुरले बताए ।
प्रधानमन्त्रीसँग पटक–पटक भएका वार्ता सकारात्मक रहेकोले आफूहरुको माग सम्बोधन हुनेमा विश्वस्त रहेको उनले बताए ।
तपाईको प्रतिक्रिया