काठमाडौं, ४ साउन । प्रतिनिधिसभाबाट विश्वासको मत पाउने बित्तिकै प्रधानमन्त्री शेरबहादुर देउवालाई छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् ।
मोदीले ट्वीटरमार्फत देउवालाई बधाई दिएका हुन् । उनले प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
देउवाको कार्यकालमा द्विपक्षीय सम्बन्ध अझ गहिरो हुने पनि मोदीले बताएका छन् । देउवा प्रधानमन्त्री नियुक्त भएपछि भारतीय राजदूतले भेटेर बधाई दिएका थिए ।
तपाईको प्रतिक्रिया