काठमाडौं, ३० असार । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई दिएका छन् । राजदूत क्वात्राले बुधबार देउवाको निजी निवास बुढानीलकण्ठ पुगेर बधाई दिएका हुन् ।
उनले प्रधानमन्त्री देउवाको सफल कार्यकालको निम्ति बधाइ दिएका हुन् ।
राजदूत क्वात्राले नेपाल र भारत बीचको साझेदारी र जनता–जनता बीचको सम्बन्धलाई थप सुदृढ गर्न देउवा सरकारसँग मिलेर काम गर्न तयार रहेको जनाएका छन् ।
भेटमा राजदूत क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक साझेदारी र जनता–जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्न देउवाको टिमसँग मिलेर काम गर्न तयार रहेको भारतीय राजदूतावासले जनाएको छ ।
तपाईको प्रतिक्रिया