प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच टेलिफोन सम्वाद, खोप उपलब्ध गराउने आश्वासन

समाचार

7/19/2021

काठमाडौं, ४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन सम्वाद भएको छ ।

सोमबार बिहान भएको टेलिफोन सम्वादमा मोदीले देउवालाई बधाई दिनुका साथै कोरोना विरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार वार्तामा दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा छलफल भएको हो ।

टेलिफोन कुराकानीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई चाँडै नै कोभिडविरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिएको परराष्ट्र मन्त्रायलकी प्रवक्ता एवं सहसचिव सेवा लम्सालले जानकारी दिए ।

भारतको सेरम इन्स्टिच्यूटलाई १० लाख डोज खोपको भुक्तानी भइसके पनि खोप अझै उपलब्ध हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ