प्रभु साहको नेतृत्वमा ‘आइटी आर्मी’ गठन

समाचार

7/20/2021

काठमाडौं, ५ साउन । नेकपा एमालेले प्रभु साहको नेतृत्वमा ‘आईटी आर्मी’ गठन भएको छ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकन्थलीमा ‘आईटी आर्मी’को घोषणा गरेका हुन ।

सरकारले आइटीमार्फत जनतामा भ्रम फैलाउनसक्ने भएकाले त्यसलाई तोड्न ‘आईटी आर्मी’ निर्माण गरिएको नेता साहले जानकारी दिए ।

त्यस अवसरमा वितरित अन्तरिम घोषणापत्रमा ‘आइटीको सहायताले हामी मुलुकमा व्याप्त दुराचार, बेथिति, विकृति, कुशासन, अराजकतासहित सबैखाले दमन उत्पीडन एवं विभेदलाई बढवा दिने गलत शासन व्यवस्थाको अन्त्य गर्न सक्छौ, तसर्थ देशमा समाजवादी व्यवस्था निर्माणसहित सामाजिक न्याय, सुशासन, सदाचार, स्थायित्व, समृद्धि एवम् विकासको लक्ष्य पुरा गर्ने महाअभियनामा हामी सफल हुने दृढ विश्वासको साथ अर्ध सामूहिक स्वरुपमा क्रियाशील रहनेगरी आईटी आर्मीको स्थापना गरिएको छ,’ उल्लेख छ ।

आईटी आर्मीको केन्द्रीय कमिटी १ सय ५१ सदस्यीय रहेको छ । आइटी आर्मीका प्रदेश कमिटीहरू १०१ सदस्यीय प्रस्ताव गरिएको छ । यस्तै जिल्ला कमिटी ५१ सदस्यीय तथा पालिका कमिटी ३३ सदस्यीय प्रस्ताव छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ