प्रभु साहद्वारा वार्षिक प्रतिवेदन सार्वजनिक

समाचार

7/27/2020

रौतहट, १२ साउन । नेकपा प्रदेश २ का अध्यक्ष र रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले आफ्नो निर्वाचन क्षेत्रको वार्षिक प्रतिवेदन बुझाएका छन् ।

मौलापुरमा आयोजित एक समारोहका बीच संघीय सांसद साहले २०७६/०७७ को कार्य प्रगति विवरण औंपचारिक रूपमा सार्वजनिक गरेका हुन् ।

कार्य प्रगति विवरण सार्वजनिक गर्ने अवसरमा सम्बन्धित वडाका प्रतिनिधिहरूले योजनाको बारेमा प्रष्ट्याएका थिए । वार्षिक प्रतिवेदनमा सांसद साहको नेतृत्वमा आफ्नो निर्वाचन क्षेत्रसहित जिल्लामा भएका विकास कार्यक्रम र योजनाहरुलाई समेटिएको छ ।

अहिले सार्वजनिक प्रतिवेदनसहित गत आर्थिक वर्षको प्रगति प्रतिवेदन आफ्नो निर्वाचन क्षेत्रका घर घरमा पुर्याउने योजना रहेको साहका स्वकीय सचिव विजय यादवले बताए । साहले रौतटहट क्षेत्र नम्बर ३ बाट निर्वाचन जितेका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ