धनगढी, २४ वैशाख । कैलालीमा ठुलो परिमाणमा मदिरा नियन्त्रणमा लिइएको छ । ईलाका प्रहरी कार्यालय टिकापुर बाट खटिईएको प्रहरी टोलीले उक्त मदिरा नियन्त्रणमा लिएको हो ।
लकडाउन सुरु भएदेखि हालसम्म टीकापुर नगरपालिका र गाँउपालिकाका विभिन्न वडामा गस्ती गर्ने क्रममा इलाका प्रहरी कार्यालय टिकापुरले बेबारिसे अवस्थामा एक हजार दुई सय बयासट्ठी बोतल र छ हजार आठ सय लिटर घरेलु मदिरा नियन्त्रणमा लिएको थियो ।
लकडाउन अवधीमा बराबद गरिएको उक्त मदिरा टिकापुर नगरपालिका नगर प्रमुख, इलाका प्रशासन कार्यालय टिकापुरका प्रमुख, टिकापुर उद्योग वाणिज्य संघका अध्यक्ष, पत्रकारहरुको रोहवरमा अबैध घरेलु मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए । बरामद गरिएको मदिरा कर दाता सेवा कार्यालय लम्की कैलालीमा आवश्यक कारबाहीका लागी पठाईएको समेत उनले बताए ।
तपाईको प्रतिक्रिया