जनकपुरधाम, ३ असार । गृहजिल्ला धनुषा भ्रमणको क्रममा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरिया र प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश अहिराजबीच भेटवार्ता भएको छ ।
प्रदेश प्रमुख डा.अहिराजले पर्यटनमन्त्री अरगरियालाई प्रदेश प्रमुख कार्यालयमा स्वागत गर्दै खादा र मिथिला संस्कृतिको टोपी लगाएर सम्मान गरेका थिए ।
जनकपुरधामस्थित ऐतिहासिक धार्मिक स्थल जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा राख्न मन्त्री अरगरियाले अध्ययनका लागि समितिसमेत बनाएका छन् । सोही विषयमा प्रदेश प्रमुखसँग छलफल गर्न मन्त्री अरगरिया प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।
भेटका क्रममा धार्मिक पर्यटन, प्रदेशको विकास, मधेसको धार्मिक पर्यटन गन्तव्य जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने सम्बन्धी साथ, सहयोग र पहल गर्ने विषयमा छलफल भएको मन्त्री अरगरियाले निकट स्रोतले बताए ।
साथै, प्रदेश प्रमुख डा.अहिराजले मधेशको विकास र जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न आफूले सक्दो पहल गर्ने प्रतिबद्धतासमेत जनाएका थिए ।
तपाईको प्रतिक्रिया