काठमाडौं, १९ कार्तिक । परराष्ट्र सचिव भरतराज पौड्यालसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भेटघाट गरेका छन् ।
परराष्ट्र सचिव पौड्याल र राजदूत क्वात्राबीच बुधबार बिहान भेटघाट भएको हो ।
क्वात्राले ट्विट मार्फत भनेका छन, ‘परराष्ट्र सचिव भरतराज पौड्यालजीसँग न्यानो भेट भयो । हामीबिच भारत–नेपाल सहकार्यमा भइरहेको ठोस प्रगतीबारे सकारात्मक छलफल भयो ।’
परराष्ट्र मन्त्रालयको सचिव बनेकोमा पौड्याललाई राजदूत क्वात्राले बधाईसमेत दिएका थिए ।
तपाईको प्रतिक्रिया