विपन्न परिवारलाई सहयोग

समाचार

5/1/2020

विराटनगर, १९ वैशाख । आर्थिक अवस्था कमजोर भएका कारण छिमेकीको घरबाट पानी ल्याएर पिउदै आएका एक विपन्न परिवारलाई ह्याण्ड पम्प ट्यूववेल वितरण गरिएको छ ।

मोरङको क्षेत्र नम्बर ५ जहदा गाँउपालिका वडा नं ३ जयरामपुरका नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी सलिम अन्सारीले एक थान ह्याण्ड पम्प (कल ) वितरण गरेका हुन ।

ह्यूमानिटी फाउन्डेशनका संस्थापक अध्यक्ष समेत रहेका अंसारीले सोही स्थानमा बसोबास गर्दै आएका नेफालाल राजबंशीको परिवारलाई एक थान ह्याण्ड पम्प ट्यूबवेल कल प्रदान गरेका हुन् ।

आर्थिक अवस्था कमजोर भएका कारण लामो समयदेखि छिमेकीबाट पानी ल्याईंदै जिविका चलाईरहेका थिए । कोरोनाको त्रासले राजबंशीको परिवारलाई छिमेकीले पानी लिन अहिले जोखिमपूर्ण अवधीभरी नआईदिन आग्रह गरेसँगै पानी पिउन अफ्ठ्यारो परेका कारण ती परिवारलाई ट्यूबवेल पम्प प्रदान गरेको अन्सारीले जानकारी दिए ।

लकडाउनको अवधिमा अन्सारीले अन्य स्थानहरुमा पनि गरिबी र विपन्न परिवारलाई लगातार राहत वितरण गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ