परिवार दलका अध्यक्ष ढकाल र भारतका पूर्वप्रधानमन्त्री एच. डी. देवगौडाबीच भेटवार्ता

समाचार

2/9/2021

काठमाडौं, २७ माघ । तीनदिने भारत भ्रमणमा रहेका नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले भारतका पूर्वप्रधानमन्त्री एच.डी. देवगौडासँग भेटवार्ता गरेका छन् ।

नयाँदिल्लीस्थित पूर्वप्रधानमन्त्री निवासमा भएको भेटमा आपसी हित र मित्रता अभिबृद्धिबारे छलफल भएको परिवार दलका प्रवक्ता सन्तोष पौडेलले बताए ।

भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउन तथा दक्षिण एसिया र विश्वमा शान्तिका लागि पहलकदमी लिन पूर्वमन्त्री ढकालले पूर्वप्रधानमन्त्री एच. डी. देवगौडालाई आग्रह गरेका थिए ।

पूर्वप्रधानमन्त्री देवगौडाले नेपालको पछिल्लो विकसित राजनीतिक घटनाक्रमको बारेमा जिज्ञासा राख्दै घोषित निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्न प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार सफल हुने विश्वाश व्यक्त गरे ।

भारतीय राज्यसभाका सदस्यसमेत रहेका नेता देवगौडाले दुई वर्षअघि एशिया प्याशिफिक समिटमा भाग लिन नेपाल आउँदाको मिठो स्मरण सुनाउँदै भारतले सधै नेपालमा स्थायित्व र विकास देख्न चाहेको बताएको भेटमा सहभागी सामाजिक अभियन्ता कृष्ण अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ