परिवार दलद्वारा १०० कुइन्टल चामल सहयोग गर्ने निर्णय

समाचार

4/26/2020

काठमाडौं, १४ बैशाख । परिवार दलले कोभिड १९ को महामारीमा राहतस्वरूप १०० कुइन्टल चामल सहयोग गर्ने जनाएको छ ।

दलको बैशाख १२ का दिन काठमाडौँमा अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो । महामारीको कारण सृजित लामो लाकडाउनले पिडित बनेका अति बिपन्न नेपाली समुदाय भोकै बस्न नपरोस भनेर खाद्यान्न सहयोग गर्ने निर्णय गरेको दलका अध्यक्ष एकनाथ ढकालले जानकारी दिए ।

उक्त राहत स्थानीय निकाय तथा सुरक्षाकर्मीहरुसँगको समन्वयमा सरकारले निर्धारण गरेको मापदण्डअनुसार वितरणको व्यवस्था मिलाउन परिवार दलले जिल्ला समन्वय समितिलाई निर्देश गरेको छ ।

बैठकले महामारीको कारण सामाजिक अस्थिरता , बेरोजगार र हिंसा बढ्न सक्ने खतरा प्रति सरकारलाई सचेत बनाउदै तुरुन्त कोभिड १९ पिडितहरुको लागि राहत प्याकेज घोषणा गर्न माग गरेको छ ।

बैठकले कोभिड १९ संग लड्दै गर्दा र कोभिड १९ पश्चातको समेत परिस्थितिलाई ध्यानमा राखी नेपाल परिवार दलले प्रशिक्षण, सदस्यता वितरण तथा नवीकरण, चन्दादान र सहयोग, सूचना, बैठक, सार्बजनिक सुनुवाई आदि अनलाइन प्रणालीद्वारा गर्ने प्रबिधि विकास गर्न “सूचना प्रबिधि विभाग“ गठन गर्ने निर्णय पनि गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ