पूर्व राजदम्पति हरिद्वार तर्फ

समाचार

4/8/2021

काठमाडौं, २६ चैत । पूर्व राजदम्पति ज्ञानेन्द्र शाह तथा कोमल शाह भारतको हरिद्वारमा आयोजित महाकुम्भ : २०२१ मा सहभागी हुन नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

सन्यास परम्पराका सर्वोच्च पदधारी निरञ्जन पीठाधीश्वर आचार्य महामण्डलेश्वर स्वामी कैलाशानन्द गिरीको निमन्त्रणामा पूर्व राजदम्पतिको हरिद्वारमा हुन लागेको महाकुम्भमा सहभागि हुनेछन् ।

‘महाकुम्भ २०२१ हरिद्वार सनातन परम्परामा सर्वोच्च तथा सर्वोत्तम महापर्व महाकुम्भ रहेको र तपाईँ हिन्दू सम्राट एवम् हिन्दु राजा भएकाले १२ अप्रिल (चैत ३०) मा सम्पन्न हुने शाही स्नानमा यहाँको सहभागिता रहोस् भन्ने प्रवल इच्छा’ आचार्य महामण्डले व्यक्त गरेका छन् ।

उक्त दिन पुनित सलिला माता गंगामा स्नान गरी भारतवर्षका उत्कृष्ट ऋषि मनीषिसँग आशीर्वाद ग्रहण गरी आफ्नो मुलुकको कुशलताका लागि आशीष प्राप्त गर्न पनि उनले शाहसँग आग्रह गरेका छन् ।

हस्तलिखित निमन्त्रणा पत्रमा ‘राजा स्वयं देवस्वरुप हुने मान्यता हिन्दूहरुमा रहेको र तपाईँका उपर देवाधिदेव महादेव पशुपतिनाथ भगवानको अपार कृपा रहेको’ पनि उल्लेख छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ