पर्सा, ३ असार । पर्सामा कोरोना संक्रमण कम हुँदै गएपछि निजी स्वास्थ्य संस्थाहरूले ओपीडी सेवा सुरु गर्न लागेका छन् ।
वीरगंज महानगरपालिका–१४, बहुअरीस्थित रहेको स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलले ओपीडी सेवा सञ्चालन गर्न लागेको जनाएको छ ।
कोरोना महामारीलाई मध्यनजर गर्दै स्थानीय जनप्रतिनिधिको आग्रहमा कोरोना संक्रमितहरूको उपचारका लागी वैशाख २६ गतेदेखि सञ्चालनमा ल्याएको यस हस्पिटलले ६६ जना कोरोना संक्रमितको उपचार गरेको थियो ।
जसमध्ये ४८ जना निको भएर घर फर्किए भने उपचारको क्रममा १४ जनाको मृत्यु भएको थियो । हाल चार जना उपचाररत रहेको अस्पतालका निर्देशक डा. निमेश पालले बताए ।
हस्पिटलका प्रबन्ध निर्देशक डा. महेश्वर कुर्मीले संक्रमितको संख्या घट्दै गएपछि नियमित रुपमा हस्पिटल सञ्चालन गर्न लागिएको जानकारी गराए ।
तपाईको प्रतिक्रिया