काठमाडौं, २४ फागुन । सेञ्चुरी कमर्सियल बैङ्क लिमिटेडले फागुन २२ गतेबाट आफ्ना ग्राहकहरूको सेवामा थप विस्तार गर्ने उद्देश्यले पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–४ को देवरवानामा शाखारहित बैङ्किङ सेवा सुरु गरेको छ ।
शाखा रहित बैङ्किङ सेवाको शुभारम्भ प्रमुख अतिथिका रूपमा प्रदेश–२ का विधायक मन्जुर आलम र विशेष अतिथिको रूपमा सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष प्रदीप जयसवालले संयुक्त रूपमा गरेका थिए ।
उक्त अवसरमा अध्यक्ष प्रदीप जयसवालले पर्सा जिल्लाको पुरानो बजारको रूपमा रहेको देवारवानामा शाखा रहित बैङ्क सेवाबाट स्थानीय जनताले वित्तीय सेवा प्राप्त गरी आर्थिक समृद्धिमा मद्दत पुग्ने बताए ।
शाखारहित बैङ्किङ सेवामा निक्षेप सङ्कलन, रकम भुक्तानी लगायत बैकले प्रदान गर्ने अन्य सेवा उपलब्ध हुने बैङ्कले जनाएको छ ।
आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा सहरी क्षेत्रमा सरल बैङ्किङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैङ्कले आफ्ना १२० शाखा १० एक्सटेन्सन काउन्टर, २३ शाखा रहित बैङ्किङ र ८८ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
तपाईको प्रतिक्रिया