वीरगन्ज, २४ माघ । पर्सा जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बहुदरमाई नगरपालिका–७ बिश्रामपुर बस्ने ६० वर्षीय मसलिम देवानलाई ९ केजी २ सय ग्राम अवैध लागूऔषध चरेस, ३ थान चरेस बनाउन प्रयोग हुने मेसिन र ९ सय २० ग्राम केमिकल सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा लागूऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरी वीरगंज महानगरपालिका–२५ सिर्सियाबाट २ केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित भारत बिहार जमुईग्राम मोहनपुर बस्ने २० वर्षीय राकेश सिंहलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सिमा प्रहरी चौकी छप्कैयाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया