पर्सामा एक सातामा ६ जनाको कोरोनाले मृत्यु

समाचार

4/22/2021

पर्सा, ९ बैशाख । वीरगन्जको नारायणी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको बिहीबार मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–१६, नगवा निवासी ६१ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या, कडा निमोनिया तथा उच्च ज्वरो भएकी महिलालाई यही वैशाख ५ गते अस्पताल भर्ना गराइएकामा उपचारकै क्रममा मृत्यु भएको हो ।

यसैसँगै कोरोना संक्रमणकै कारण पर्सामा मृत्यु हुनेको संख्या ५९ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पछिलो एक साताभित्र कोरोना संक्रमणकै कारण जिल्लामा ६ संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ