वीरगन्ज, २१ साउन । कोरोना भाइरसको हटस्पटको रुपमा रहेको पर्सा जिल्लामा थप दुई जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसका कारण वीरगन्ज–१५ भिस्वा बस्ने ४६ वर्षका पुरुष र पर्साको पोखरिया नगरपालिका–८ घर भएकी १८ वर्षीया युवतीको मृत्यु भएको जनाइएको छ ।
४६ वर्षका पुरुषको वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । उनी मधुमेह रोगबाट पहिलेदेखि नै ग्रसित थिए ।
तपाईको प्रतिक्रिया