वीरगञ्ज, ९ असोज । पर्सामा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
पर्साको पोखरिया नगरपालिका १ निवासी ७७ वर्षका संक्रमित पुरुषको वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेज अस्थायी कोरोना विशेष अस्पतालमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो ।
असोज ७ गते उपचारको लागि नारायणी अस्पतालमा भर्ना भएका ती पुरुषको स्वाब संकलन गरि परीक्षण गरिएकोमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमण देखिएपछि उनलाई उपचारको लागि नेशनल मेडिकल कलेज अस्थायी कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । मुटु र मिर्गौलाको समस्याबाट पीडित ती पुरुषलाइ उपचार गर्न भेन्टिलेटरमा समेत राखिएको थियो ।
भेन्टिलेटरमा राखेर औषधि दिएर उपचार गर्दा समेत संक्रमित पुरुषको भएको हो । यो सँगै पर्सामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।
तपाईको प्रतिक्रिया