पर्सामा थप सात सङ्क्रमितको मृत्यु

समाचार

5/10/2021

काठमाडौं, २७ बैशाख । बितेका २४ घण्टाभित्र पर्सामा सात कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

वीरगन्जका विभिन्न अस्पतालमा उपचाररत चार महिला र तीन पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या, कडा निमुनियाबाट ग्रसित रहेको पर्सा निवासी छ र एक बारा निवासी सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।

वीरगन्जको नारायणी अस्पातलमा भर्ना रहेका वीरगन्ज–३ छपकैया निवासी ७२ वर्षीया महिला, पर्साको विन्दावासनी गाँउपालिका–४ निवासी ५० वर्षीया महिला, पर्साको बहुदरामाई नगरपालिका–२ निवासी ६० वर्षीय र बाराको निजगढ–७ निवासी ६० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्यसै वीरगन्जको तराई अस्पतालमा भर्ना रहेका वीरगन्ज–१० निवासी ६० वर्षीय पुरुष, नेशनल मेडिकल कलेजको अस्थायी कोभिड उपचार केन्द्रमा भर्ना रहेकी पर्साको पकहामैपुर गाँउपालिका– ५ निवासी ३८ वर्षीया महिलाको र वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना रहेकी ६० वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ