पर्सा, २२ बैशाख । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले पर्सामा जारी निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ ।
बैशाख १६ गतेदेखि जारी भएको निषेधाज्ञा ३० गते सम्म पु¥याउने डिसिसिएमसीले निर्णय गरेको हो ।
डिसिसिएमसीको मंगलबार वीरगन्जमा बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ ।
संक्रमणको सृंखला तोड्न (चेन ब्रेक) गर्न निषेधाज्ञा लम्बयाउने निर्णय भएको डिसिसिएमसीका सदस्य नेपाली सेनाको चन्डीप्रसाद गणका गणपति मदनजंग राणाले जानकारी दिए ।
तपाईको प्रतिक्रिया