पर्सामा संक्रमण हटेपछि नारायणी अस्पतालको जनरल सेवा सुचारु

समाचार

9/20/2020

पर्सा, ४ असोज । कोरोनाको उच्च जोखिममा रहेको पर्सा जिल्लामा संक्रमणको दर निरन्तर घट्दै गएपछि नारायणी अस्पतालले जनरल सेवा शुरु गरेको छ ।

अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले पर्सा जिल्लामा कोरोनाको जोखिम बढ्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लकडाउन शुरु भएको एक महिनापछि नारायणी अस्पताललाई अस्थायी कोभिड अस्पतालमा परिणत गरि जनरल सबै सेवाहरु बन्द गरिएको थियो ।

जनरल सेवाहरु बन्द भएपछि जनस्तरबाट विभिन्न राजनीतिक दल सामाजिक सङ्घ संस्थाबाट सोको विरोध भएपछि मन्त्रालयले सो आदेश एक महिनापछि फिर्ता लिएको भए पनि ठुलो सङ्ख्यामा उपचारमा सलग्न रहेका स्वास्थ्यकर्मीहरु बढी सङ्क्रमित भएपछि ओपिडिलगायतका जनरल सेवा ठप्प गरी आकस्मिक सेवा मात्र सञ्चालनमा रहेकोले अवस्था समान्य हुदैं गएपछि शुक्रबारदेखि ओपिडिलगायतका सबै सेवाहरु सुचारु भएको हो ।

प्रवक्ता चौरसियाले स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड अनुसार बढी भिडभाड नहुने गरि हालका लागि ओपिडिका सबै बिभागहरुमा प्रत्येक दिन बढीमा २५ जनाको उपचार गरिने र भर्ना प्रक्रृयालाई नियमित गर्दै लैजाने बताए ।

कोरोनाको उच्च जोखिममा पर्सा जिल्ला रहेकोले मन्ञालयले पर्सा जिल्लालाई रोड जोनमा राखेकोमा यता केही दिनदेखि नारायणी अस्पतालमा गरिएको पीसिआर परिक्षणमा सङ्क्रमणको दर निरन्तर घट्दै गएपछि अस्थायी कोभिड अस्पतालको रुपमा रहेको गण्डक अस्पतालमा २० जनाको उपचार आईसोलेशन कक्षमा भईरहेको र वीरगन्ज हेल्थ केयर अस्पताल खाली भई जेनरल सेवा शुरु भइसकेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ