पर्सामा १ सय ८ कोरोना संक्रमित थप

समाचार

8/19/2020

वीरगञ्ज, ३ भाद्र । पर्सामा थप एक सय ८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । नारायणी अस्पतालका अनुसार परीक्षणमा जिल्लाका विभिन्न स्थानीय तहहरुमा गरि एक सय ८ जनामा संक्रमण देखिएको हो ।

सबै भन्दा बढी संक्रमित बहुदरमाई नगरपालिकामा भेटिएका छन् । त्यहाँ मात्रै ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै जिराभवानी गाउँपालिकामा २ महिला र २ पुरुषसहित ४ जना र छिपहरमाई गाउँपालिकामा एक जनामा कोरोना संक्रमण देखिएको हो ।

वीरगञ्ज महानगरपालिका १६ नगवामा दुई जना, २५ चण्डाल चोकका २ जनामा संक्रमण देखिएको छ । यसैगरि महानगरकै, रेशमकोठी, मुर्ली, घडिअर्वा, बहुअरी, भिष्वा लगायतका टोलहरुमा संक्रमितहरु भेटिएका छन् ।

यो सँगै पर्सामा कोरोना संक्रमितहरुको कुल संख्या १५ सय नाघेको छ । अब जिल्ला भरिमा संक्रमितहरुको संख्या एक हजार ५ सय ८२ पुगेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ